टिचिङबाट माधव नेपाल डिस्चार्ज, केही दिन घरमै आराम गर्ने

सोमबार, असोज १८, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् । अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ११:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार