थप २५ सयमा कोरोना भाइरस सङ्क्रमण

२६ जनाको कोभिडका कारण मृत्यु
बुधबार, कात्तिक २६, २०७७

काठमाडौं । विगत २४ घण्टामा नेपालभरि थप २,५६९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ । सो अवधिमा कोरोनाभाइरस सङ्क्रमणका कारण २६ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २ हजार ३२९ पुगेको छ ।
अहिलेसम्म नेपालमा १,१७४ सङ्क्रमितको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भैसकेको मन्त्रालयले जनाएको छ ।
कुल सङ्क्रमितमध्ये १ लाख ६२ हजार २४३ जना सङ्क्रमणमुक्त भएका छन् । बुधवारको मृत्यु सङख्या दोस्रो सर्वाधिक दैनिक मृत्यु हो । यसअघि कात्तिक ५ गते २६ जनाको मृत्यु भएको थियो । सर्वाधिक मृत्यु भने कात्तिक १९ गते ३० जनाको भएको थियो ।
विगत २४ घण्टामा १ हजा ६६६ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभरि ३८ हजार ९१२ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार