मड्रिडको अपराजित यात्रामा पूर्णविराम

सोमबार, असोज १८, २०७८

काठमाडौं । शीर्ष टोली रियल मड्रिड स्पेनिस ला लिगामा आइतबार स्पानियोलसँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा मड्रिड स्पानियोलसँग २(१ गोल अन्तरले पराजित भएको हो । 

१७औँ मिनेटमा राउल डि थोमसले घरेलु टोली  स्पानियोललाई अग्रता दिलाए । ६०औँ मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर पारे ।

७१औँ मिनेटमा करिम बेन्जेमाले रियाल मड्रिडलाई लयमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भने भएन ।

ला लिगाको पछिल्लो खेलमा रियाल मड्रिड भिल्लारियालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

रियाल मड्रिड १७ अंकका साथ ला लिगाको शीर्ष स्थानमा छ । एट्लेटिको मड्रिड समान १७ अंकका साथ दोस्रो स्थानमा छ ।

आइतबार राति नै भएको ला लिगाको अन्य खेलमा ग्रानडाले १० खेलाडीमा सिमित सेभिल्लालाई १-०, भिल्लारियलले रियल बेटिसलाई २-०, इन्चेले सेल्टा भिगोलाई १-० ले पराजित गर्दा गेटाफे र रियल सोसिडाडले १स्१ गोलको बराबरी खेले ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार