सेभेन्स रग्वी प्रतियोगिताको उपाधि भक्तपुरलाई

आइतबार, असोज १७, २०७८

काठमाडौं ।  प्रदेश जिल्लास्तरीय सेभेन ए साइड बाग्मती सेभेन्स रग्वी प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ ।  मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्वीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो । 

भक्तपुरले खेल अवधिभर ३ ट्राई गर्दा एक पटक कन्भर्सन गरेको थियो । एक ट्राई बराबर ५ अंक र एक कन्भर्स बराबर २ अंकका हिसाबले ३ ट्राईको १५ र एक कन्भर्जको २ गरी १७ अंक ल्याएको हो । नुवाकोट रग्वीले भने एक ट्राई गरेको थियो । 

पुरुषतर्फको उपाधि विजेता भक्तपुर रग्वीले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता भएको नुवाकोट रग्वीले १० हजार रुपैयाँमा चित्त बुझायो । भक्तपुरका सविन महत उत्कृष्ट खेलाडी चुनिए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताअन्तर्गत शनिबार महिलातर्फको उपाधि मकवानपुरले जितेको छ । मकवानपुरले काठमाडौंलाई एक ट्राईले नै उपाधि जित्न पर्याप्त भयो । मकवानपुरले उपाधिसँगै नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिम तथा खेलाडीहरूलाई रग्वीसंघका अध्यक्ष टंकलाल घिसिङले पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

नेपाल रग्वी संघको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ तीनवटा टोली सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार