मेस्सी पेरिस झरेपछि पीएसजी पहिलो पटक स्तब्ध

आइतबार, असोज १७, २०७८

काठमाडौं ।  स्टार खेलाडी लियोनल मेस्सी क्लबमा अनुबन्धन भएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक स्तब्ध भएको छ । 

आइतबार साँझ भएको खेलमा भ्रमणकारी टोली पीएसजी रेनेससँग २-० गोल अन्तरले पराजित भएको हो । 

रेनेसको जितमा गेततान लोबार्डे र फ्लाभियन ताइटले १-१ गोल गरे । खेलको ४४ मिनेटमा लोबोर्डेले सुरुवाती गोल गरे । उनले कामल्दिन सुलेमानको उत्कृष्ट क्रसलाई गोलमा परिणत गरे । 

यस्तै, दोस्रो गोल फ्लाभियनले ४६ मिनेटमा गरे । उनले कर्नर साइडबाट उत्कृष्ट गोल गरेका थिए । 

खेलमा माउरिसिओ पोचेटिनोको टोलीले खेलमा कुनै त्यस्ता उपलब्धिमुलक पोस्ट आक्रमण गर्न सकेन । पीएसजीले मेस्सीसँगै केलियन एम्बाप्पे र नेयमारलाई अग्रपंक्तिमा उतारेको थियो । 

लिगा वानमा पहिलो हार बेहोरेको पीएसजी नौ खेलबाट २४ अंकसहित शीर्षस्थानमा यथावत् छ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार