मेयर कप ब्याडमिन्टन : कार्की र श्रेष्ठ तथा राई र मगरको जोडी विजयी

आइतबार, असोज १७, २०७८

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-८ चुहाडेमा सञ्चालित मेयर कप व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । ‘ए’ डिभिजनतर्फ बलबहादुर कार्की र हिमाल श्रेष्ठ तथा ‘बी’ डिभिजनतर्फ साजन राई र केनिस मगरको जोडी प्रथम स्थान हासिल गर्न सफल भएको छ । 

तीन दिनदेखि उदयपुरमा जारी जिल्ला स्तरीय मेयर व्याडमिन्टन प्रतियोगिता शनिबार सकिएका हो ।

चुहाडेस्थित भेटघाट कबर्डहलको आयोजनामा भएको जिल्ला स्तरीय मेयर कप व्याडमिन्टन प्रतियोगितामा ुएु डिभिजनतर्फ सन्तोश कटुवाल र विनय चौधरीको जोडी तथा ‘बी’ डिभिजनतर्फ जीवन बोगटी र नवीना राईको जोडी उपविजेता बन्यो ।

तेस्रो हुनेमा ‘ए’ डिभिजनतर्फ चित्र थापा र सरोज खवासको जोडी तथा ‘बी’ डिभिजनतर्फ जयराम राई र अफताब आलमको जोडी रहेको छ । प्रतियोगितामा प्रथम, द्वीतिय र तृतीयले क्रमशः २५ हजार, १५ हजार र ८ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार