लगातार तेस्रो खेल जित्दै चितवन प्लेअफमा

शुक्रबार, असोज १५, २०७८

काठमाडौं ।  लगातार तेस्रो जित निकाल्दै चितवन टाइगर्स एभरेस्ट प्रिमियर लिग [इपिएल] टि-ट्वान्टी क्रिकेटमा प्रतियोगितामा प्लेअफमा स्थान बनाएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै चितवन दुई खेलअघि नै शीर्ष स्थानमा रहँदै पहिले प्लेअफ पुग्न सफल भएको हो । सोमपाल कामीको कप्तानीमा रहेको चितवनले १२४ रनको लक्ष्य पछ्याउने क्रममा १६ दशमलव ४ ओभरमा एक विकेट गुमाउँदै  जित हासिल गरेको हो । 
चितवनको जितमा ओपनिङ ब्याटर  मोहम्मद शाहजाद ५२ बलमा सात चौका र दुई छक्कासहित ६३ रनमा अविजित रहे । यस्तै ब्याटर भीम सार्की ५२ रनमा अविजित रहे । जितसँगै चितवनले  तीन खेलमा शत प्रतिशत जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । । भैरहवा तीन खेलमा एकमा जित र दुई खेलमा अंक बाड्ँदै चार अंकका साथ दोस्रो स्थानमा छ । पोखरा तीन खेलमा एकमा जित र एकमा हारसहित तीन अंकका साथ तेस्रो स्थानमा छ ।
यसअघि विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा  राइनोजले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको हो । पोखराको लागि विवेक यादवले सर्वाधिक ५३ रन बनाए । ४५ बल खेलेका विवेकले तीन चौका र तीन छक्का प्रहार गरे । 
चितवनका साहब आलमले चार ओभरमा १७ रन खर्चेर दुई विकेट लिए । कमलसिंह ऐरीले दुई र सोमपाल कामीले एक विकेट लिए । 
यसअघि शुक्रबार नै भएको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले विराटनगर वारियर्सलाई ३७  रनले पराजित गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार