सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बागमती प्रदेश जिल्लास्तरीय पुरुष तथा महिला सेभेन ए साइड बागमती सेभेन्स रग्बी प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल रग्बी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद परिषद्को सहकार्यमा एकदिने प्रतियोगिता हुन लागेको हो । महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुर मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ । प्रतियोगितामो पुरुषतर्फ सात टोली र महिलातर्फ दुई टोली सहभागी छन् । पुरुषतर्फ काठमाडौं, नुवाकोट, काभ्रे, चितवन, मकवानपुर, रामेछाप र भक्तपुर छन् । यस्तै महिलातर्फ मकवानपुर, काठमाडौं र नुवाकोट जिल्ला छन् । प्रतियोगिताको दुवै खेल सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । प्रतियोगितामा पुरुषतर्फको विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् । महिलातर्फको विजेताले १० हजार र उपविजेताले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजक बागमती रग्बी सेभेन्सले बताएको छ । यता, प्रतियोगिताको उत्कृट पुरुष तथा महिला खेलाडीले पाँचपाँच हजार रुपैयाँ पाउने छन् ।