माधव नेपालको पीसीआर रिपोर्ट नेगेटिभ

छातीको सिटी स्क्यान गरियो,  
बिहीबार, असोज १४, २०७८

काठमाडौं : नेकपा (समाजवादी एकीकृत)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको छातीको सिटी स्क्यान गरिएको छ ।

ज्वरो, वान्ता आउने, पेटको गडबढी र छातीमा समस्या भएपछि बुधबार त्रिवि शिक्ष अस्पातल भर्ना भएका उनको बिहीबार सिटी स्क्यान गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए । 

उनका अनुसार शरीरको तापक्रम, रक्तचापको अवस्था भने सामान्य रहेको छ । अध्यक्ष नेपालको अहिले मौसमी भाइरल ज्वरोको उपचार भइरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपालको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार