साफ च्याम्पियनसिप भोलिदेखि माल्दिभ्सको मालेमा सुरु हुँदै

नेपाली कप्तान किरण चेन्जोङ भन्छन्,  'सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ'
बिहीबार, असोज १४, २०७८

काठमाडौं ।  १३औँ संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ च्याम्पियनसिप भोलि (शुक्रबार) देखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदै छ ।  बिहीबार प्रतियोगिताको प्रि म्याच पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेन्जोङ) ले साफ च्याम्पियनसिपका सबै खेल जित्दै फाइनलमा पुग्ने टोलीको योजना रहेको बताए । कप्तान किरणले साफका सबै खेल महत्त्वपूर्ण हुने बताउँदै सबै खेल जित्दै फाइलन पुग्ने योजना रहेको बताएका हुन् ।  
‘साफका सबै खेल महत्त्वपूर्ण हुनेछन् । हामी सबै खेल जित्दै फाइनल पुग्न चाहन्छौँ’, राष्ट्रिय टोलीका नियमित कप्तान किरणले भने । 
साफ च्याम्पियनसिप भोलि ९शुक्रबार०देखि माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आयोजना हुँदै छ ।  प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र बंगलादेश भिड्ने तालिका रहेको छ ।  नेपालले भोलि नै राति ९ः ३० बजे आयोजक माल्दिभ्सको सामना गर्नेछ । 
खेलअघि बोल्दै कप्तान किरणले नेपाली टोलीमा युवा र अनुभवी खेलाडीको राम्रो तालमेल रहेको र उत्कृष्ट नतिजाका लागि खेल्ने बताए । ‘हामीसँग युवा तथा अनुभवी खेलाडीको राम्रो तालमेल छ । हामी उत्कृष्ट नतिजाका लागि मैदानमा उत्रनेछौँ’, राष्ट्रिय टोलीबाट सर्वाधिक ७४ क्याप जितेका गोल रक्षक किरणले भने ।  यस्तै, किरणले माल्दिभ्सलाई घरेलु दर्शक र मैदानको फाइदा हुने भए पनि त्यसले खासै नेपाली टोलीलाई फरक नपर्ने प्रतिक्रिया दिए ।  ‘पक्कै पनि उनीहरू ९माल्दिभ्स०लाई घरेलु मैदानको फाइदा हुनेछ । उसका घरेलु समर्थक हुनेछन् तर त्यसले फरक पर्दैन’, किरणले भने । 
यता, नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाली टोलीको तयारी राम्रो रहेको बताउँदै सुरुवाती खेलमा माल्दिभ्ससँग खेल्न कठिन हुने बताए ।  ‘हामीले राम्रो तयारी गरिरहेका छौँ । सबैलाई थाहा छ, हामी फाइनलमा पुगेका छैनौँ । हामी आफ्नो राम्रो खेल दिनेछौँ । माल्दिभ्स साविक विजेतासमेत हो । ऊ राम्रो छ । माल्दिभ्सलाई घरेलु दर्शक र  मैदानको साथ छ । माल्दिभ्ससँग केही उच्च प्रदर्शन गर्ने खेलाडीसमेत छन् । साविक विजेता (माल्दिभ्स) सँग खेल्न कठिन हुन्छ’, मुख्य प्रशिक्षक अब्दुल्लाह अल्तुताइरीको अनुपस्थितिमा श्रेष्ठले भने ।   यस्तै, प्रशिक्षक किरणले प्रतियोगिताको बलियो टोली इण्डिया र माल्दिभ्स रहे पनि आफूहरूले उपाधि दाबेदारी प्रस्तुत गर्ने बताएका छन् ।  ३० असोजसम्म चल्ने साफ च्याम्पियनसिपमा नेपालसहित भारत, आयोजक माल्दिभ्स, बंगलादेश र श्रीलंका रहेका छन् । भुटान र पाकिस्तान भने यस पटक प्रतियोगितामा समावेश छैनन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार