एक हजार ७८ जनामा कोरोना सङ्क्रमण

बिहीबार, असोज १४, २०७८

काठमाडौँ ।  देशभर पछिल्लो २४ घण्टामा एक हजार ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ७६५ जनाको कोरोना परीक्षण गरिएको थियो ।  हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १६८ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमण दर १८।९ प्रतिशत छ ।
पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १९ रहेका छन् । पछिल्लो २४ घण्टामा ९११ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ६५ हजार ७५८ पुगेको छ । नेपालमा कोरोनाबाट निको हुने दर ९६।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १३५ जनाको निधन भइसकेको छ । हाल देशभर ३५३ सङ्क्रमित सघन उपचार कक्ष ९आइसीयु०मा, ११७ भेन्टिलेटरमा, १६ हजार ८०२ होम आइसोलेसनमा, एक हजार ३६६ संस्थागत आइसोलेसनमा तथा २३८ सङ्क्रमित क्वारेन्टिनमा छन् ।
आज दुई लाख ८९ हजार ३८१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ५६ हजार ३८४ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण मात्रा लगाएका मन्त्रालयले जनाएको छ ।  

सुदूरपश्चिममा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो । 
सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना  कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरुष छन् । बुधबार सुदूरपश्चिममा ३३ सङ्क्रमित थपिएका थिए भने १७ जना निको भए ।   

प्रदेश १ मा १८७ कोरोना सङ्क्रमित थपिए
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८७ कोरोना सङ्क्रमित थपिएका छन् ।  एक हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ तथा ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५१, झापामा ५१, सुनसरीमा २७, इलाम र धनकुटामा तीन तीन तथा ताप्लेजुङ र तेह्रथुममा एक एक जनामा कोरोना देखिएको हो ।  प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ महिलासहित १९१ जना कोरोनाबाट मुक्त भएका छन् । सो अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार