२४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, माघ २, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ ।

प्रदेश नं १ मा १६ कोरोना सङ्क्रमित थप

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं. १ मा १६ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा आठमध्ये विराटनगरमा चार, झापा र सुनसरीमा तीन÷तीन तथा धनकुटा र प्रदेश बाहिरका एक÷एक जना छन् । अहिलेसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ६५ तथा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३८४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा २९८ जनासहित कूल दुई लाख १३ हजार ३४६ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

गण्डकीमा थपिए ४७ जना कोरोना सङ्क्रमित 
    
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पूर्वमध्यबिन्दु नगरपालिका वडा नं ४ का ७३ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहनुभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस अवधिमा ७३ जना निको भएका छन् । प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ८८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म १४ हजार २९२ जना निको भएका छन् भने सक्रिय सङ्क्रमित ५९९ जना छन् । हालसम्म कोरोना सङ्क्रमण भई मृत्यु हुनेका सङ्ख्या १९७ पुगेको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  ०५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार