मिर्गौला पीडितको नाममा ठगी

बुधबार, असोज १३, २०७८

पाल्पा । पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन् । मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो । पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालार्ई प्रहरीले पक्राउ गरेको हो । गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङग उर्लाबारी नगरपालिका– ९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा ९ का राजेश खरेल, झापा कनकाईका केदार विक र सूर्यबहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अवैध रुपमा चन्दा सङ्कलन गरी लुिकछिपी बसेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ हो । उनीहरुको साथबाट २१ हजार २५५ बरामद गरिएको प्रहरीको दाबी छ । सामाजिक सहयोग अभियान नेपाल नामक संस्थाको नाममा १३ वटा रसिद काटेको र १९ वटा नकाटेको रसिद भेटिएको छ । पक्राउ गरिएका पाँचजना अभियुक्तलाई जिल्ला अदालत पाल्पामा हाजिरी गराई म्याद थप गरी कारवाही अगाडि बढाएको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार