सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पछिल्लो २४ घण्टामा एक हजार १५८ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४२२ पुगेको छ । हाल सङ्क्रमण दर १८.९ प्रतिशत रहेको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, कास्की र रुपन्देहीमा पाँच सयभन्दा बढी सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३१८ ले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ६३ हजार ७३४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत रहेको छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ११५ जनाको निधन भइसकेको छ । हाल देशभर ३६४ जना सघन उपचार कक्ष ९आइसियु०, १२० जना भेन्टिलेटर, १७ हजार १२५ जना होम आइसोलेसन, एक हजार २९७ जना संस्थागत आइसोलेसन र ३२८ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै आज देशभरि दुई लाख आठ हजार ९० ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६९ लाख ६० हजार ८२८ ले पहिलो मात्रा र ६२ लाख पाँच हजार ७७० जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।
सुदूरपश्चिममा १८ जनामा कोरोना सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा सोमबार थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९१८ जनाको नमूना परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । चौध जनामा पीसीआर र चार जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १३ र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा तीन र दार्चुलामा एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर २१ जना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
प्रदेश १ मा ३०२ कोरोना सङ्क्रमित थपिए पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३०२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा १८५ जना तथा ५०१ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । परीक्षणका क्रममा झापामा ७९, मोरङमा ४६, सुनसरीमा ४०, इलाममा ६, पाँचथर र धनकुटामा तीन÷तीन, उदयपुरमा दुई तथा ओखलढुङ्गा, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर र खोटाङमा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशभर ३०७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । दुई महिलासहित पाँच जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।