अक्सिजन सिलिण्डर भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यताको अन्त्य

मंगलबार, असोज १२, २०७८

जाजरकोट । अक्सिजन सिलिण्डर भर्नकै लागि जाजरकोटबाट नेपालगन्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रु ७५ लाखको अक्सिजन प्लान्ट खरिद भएपछि अक्सिजन सिलिण्डर भर्नेको समस्या हल भएको हो । करिब रु ७५ लाखमा प्लान्ट खरिद गरी स्वास्थ्य सेवा कार्यालयमा जडान कार्य जारी भएसँगै अक्सिजन सिलिण्डर भर्ने समस्या हल हुने भएको हो । कोभिड तथा अन्य समस्यामा परेका बिरामीको उपचार गर्दा अक्सिजन नहुँदा दैनिक नेपालगञ्जबाट अक्सिजन भरेर ल्याइ काम हुँदै आएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए। अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो । पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतको पहलमा सङ्घीय सरकारको बजेटबाट सो प्लान्ट खरिद गरिएको छ । जाजरकोटको स्वास्थ्य सेवा कार्यालय प्रदेश मताहातमा रहेको छ । स्वास्थ्य सेवा कार्यालय ५० श्ययाको रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारी छ । श्यया थपसँगै नयाँ भवन निर्माण कार्य जारी रहेको छ । भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जाजरकोटमा अब दुई वटा पलान्ट हुने अध्यक्ष बस्नेतले बताए । अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिण्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताए । यहाँ जडान गरिएको पलान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार