थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, माघ १, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार १४३ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी २४ घण्टामा ४१४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ७२२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४३४ छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९७ हजार ९ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३७ जना रहेको छ । 

प्रदेश १ मा २५ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङमा १०, झापामा पाँच, सुनसरीमा दुई, भोजपुर, तेह्रथुम र पाँचथरमा एकएक तथा प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४९ पुगेको छ भने निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार ३७२ छ । सो अवधिमा ३४ जना डिस्चार्ज र ५७३ जनाको पिसिआर परीक्षण भई कूल दुई लाख १३ हजार ४८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा थप १४८ जनामा कोरोना सङ्क्रमण  

सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा थप १४८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो हप्तामा कोभिड–१९ का शङ्कास्पद एक हजार ४१८ जनाको नमूना परीक्षण भएको छ । यो अवधिमा थप एक हजार ४६ शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन भएको छ । यो हप्तामा थप तीन जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । अहिलेसम्म जम्मा मृत्यु हुनेको सङ्ख्या ५४ पुगेकामा सबैभन्दा बढी मृत्यु हुने प्रदेशको राजधानी जिल्ला कैलालीका २९ जना छन् । एक महिनाअघिसम्म शङ्कास्पदको नमूना सङ्कलन हुने दर योभन्दा बढी थियो । लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन गर्ने पछिल्लो पटकको मापदण्डका कारण नमूना सङ्कलनमा पहिलेको भन्दा कमी आएको जनाइएको छ । कोरोनाको जस्तो लक्षण देखिने कतिपय व्यक्तिले नमूना जाँच गराउन आनाकानी गर्ने गरेकाले पनि नमूना सङ्कलनमा कमी आएको जनाइएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नयाँ थपिएकासमेत आजसम्म जम्मा १३ हजार ८७६ जना सङ्क्रमित पुग्दा १२ हजार १३९ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०७७  ०५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार