एक हजार २८२ मा सङ्क्रमण पुष्टि

सोमबार, असोज ११, २०७८

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२  जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १५ हजार ४८८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ । 
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९० हजार ८५४ रहेको छ । पछिल्लो समय  थप एक हजार २६२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 
हाल नेपालमा १७ हजार ५३५ होम आइसोलेशन र एक हजार ३१३ जना संस्थागत आइसोलेशन रहेका छन् । त्यसैगरी ३८५ आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेको  छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २५६ रहेको छ । 

सातको मृत्यु 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १०३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय तीन लाख १२ हजार ८७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । 


प्रदेश नं १ मा ३२७ मा सङ्क्रमित
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा एक हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८० मध्ये विराटनगरमा ३९, सुनसरीमा ५०, इलाम, धनकुटा र सङ्खुवासभामा दुईरदुई, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश बाहिरका एक÷एक जनामा सङ्क्रमण भएको हो । 
सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एकएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा आजै १२६ महिलासहित २४० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलासहित चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा चालीस सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा आज थप ४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३५० जनाको नमूना परीक्षण गर्दा ४० जनामा  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११, महाकाली अस्पतालमा सात, डडेल्धुरा अस्पतालमा चार र जिल्ला अस्पताल बैतडीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा १०, बाजुरामा दुई, कैलाली, बैतडी, दार्चुला र डडेल्धुराका एक÷एक जनामा सङ्क्रमण देखिएको हो ।  
यस्तै गएको २४ घण्टामा प्रदेशभर १८ जना सङ्क्रमणमुक्त भएका छन् भने सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुरकी ५७ वर्षीया महिला छिन् । यसअघि आइतबार यस प्रदेशमा १० जनामा सङ्क्रमण पुष्टि हुँदा २५ जना डिस्चार्ज भएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार