२४ घण्टामा १४७६ सङ्क्रमित थपिए

शुक्रबार, असोज ८, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा एक हजार ४७६ जनामा सङ्क्रमण पाइएको हो । 
देशभर सक्रिय सङ्क्रमित २० हजार २८७ रहेका छन् । सङ्क्रमण दर १९ प्रतिशत रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् । 
पछिल्लो २४ घण्टामा एक हजार ५५० जनाले सङ्क्रमण जितेका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुने कूल सङ्ख्या सात लाख ५८ हजार ५०४ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।०३ प्रतिशत रहेको छ । 
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा नौको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ८१ जनाको निधन भइसकेको छ । हाल देशभर ३४७ सघन उपचार कक्ष ९आइसीयू०, १०५ भेन्टिलेटर, १८ हजार ९६९ होम आइसोलेसन, एक हजार ३१८ संस्थागत आइसोलेसन र २४४ जना क्वारेन्टिनमा रहेका छन् ।
आज कोरोना भाइरस विरुद्धको खोप एक लाख ७२ हजार ५९० जनाले लगाएका छन् । अहिलेसम्म ६३ लाख ८० हजार ५८६ जनाले पहिलो मात्रा र ५९ लाख ४६ हजार २२ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

प्रदेश नं १ मा ३२४ मा सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा ९५८ को पीसीआर परीक्षण गर्दा २११ र ६०४ को एन्टिजेन परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७३ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा सुनसरीमा ६६, मोरङमा ५८, इलाममा आठ, धनकुटामा दुई, ओखलढुङ्गा र उदयपुरमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको छ ।
प्रदेशमा आजै २५६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२९ महिला र १२७ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार