थप २७ सयमा कोरोना भाइरस सङ्क्रमण

२२ जनाको कोभिडका कारण मृत्यु
मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं । विगत २४ घण्टामा नेपालभरि थप २,७३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्यापछि कुल सङ्क्रमित झन्डै दुई लाख पुगेका छन् । सो अवधिमा २२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९९,७६० पुगेको छ ।
अहिलेसम्म नेपालमा १,१४८ सङ्क्रमितको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । तीमध्ये १,६०,५७७ जना सङ्क्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ८५३ जना सङ्क्रमित निको भएका छन् । अहिले देशभरि ३८,०३५ जना सक्रिय सङ्क्रमित छन् । गएको २४ घण्टामा १२,९६० जनाको पीसीआर परीक्षण गरिएको थियो । मङ्गबार सङ्क्रमण पुष्टि भएकामा १,०५९ जना महिला रहेका छन् ।
बागमतीका अत्यधिक
मङ्गलबारसङ्क्रमण पुष्टि भएकामध्ये १,७८८ जना बागमती प्रदेशका रहेका छन् । तीमध्ये १,१४१ जना काठमाडौं जिल्लाका छन् । ललितपुरका १९३ र भक्तपुरका ८६ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । लुम्बिनी प्रदेशका थप २७९, प्रदेश नं १ का २५३ र गण्डकी प्रदेशका २०९ जनामा पनि सङ्क्रमण देखिएको छ । 
प्रदेश नं २ मा ९८ जना, सुदूरपश्चिम प्रदेशका ९६ र कर्णाली प्रदेशका १३ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । हाल ४०४ जना सघन उपचार कक्षमा र ९६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार