प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य

सोमबार, असोज ४, २०७८

विराटनगर ।  पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ का नौ जिल्लामा कोरोना सङ्क्रमण शून्य रहेको छ । यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु,  ताप्लेजुङ र  पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सोही अवधिमा २१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टीजेन परीक्षण गर्दा ४४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३ मध्ये विराटनगरमा १७, इलाममा दुई, धनकुटामा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।  प्रदेश १ मा आज २७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीनको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  २२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार