सुदूरपश्चिममा घट्यो सङ्क्रमणदर, चार जनामा मात्रै सङ्क्रमण

सोमबार, असोज ४, २०७८

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । परीक्षणमा कञ्चनपुरमा दुई, कैलाली र दार्चुलामा एक÷एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार सुदूरपश्चिमका ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए ।  

झापामा सबैभन्दा बढी सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ झापामा सबैभन्दा बढी १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्थानीय पालिकामध्ये सबैभन्दा बढी मोरङको विराटनगरमा ७१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ ।
सोही अवधिमा मोरङमा ९९, सुनसरीमा ७३, इलाममा आठ, धनुकटा र प्रदेश बाहिरका तीन–तीन जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा कूल ३१३ जनामा कोरोना सङ्क्रमण भएको छ । एक हजार १३५ जनाको पिसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
कोरोना सङ्क्रमित झापाको १२ वटा पालिकाअन्तर्गत दमकमा २७, कनकाईमा १९, बिर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा आठ, शिवसताक्षीमा छ, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा तीन–तीन, गौरादह र कमल गाउँपालिकामा दुई–दुई, बाह्रदशीमा एक, मोरङको केराबारीमा आठ, पथरी शनिश्चरेमा छ, सुन्दरहरैँचामा चार, उर्लाबारीमा तीन, बेलबारी, बुढीगङ्गा र लेटाङमा दुई÷दुई, रतुवामाईमा एक गरी नौवटा पालिकामा कोरोना सङ्क्रमित देखिएका छन् ।
यस्तै सुनसरीको इटहरीमा ६५, बराह क्षेत्रमा चार, रामधुनीमा दुई, गढी र स्थानीय तह नखुलेका एक÷एक, इलामको रोङमा छ, देउमाई र सूर्योदयमा एक÷एक, धनकुटाको चौबीसेमा दुई, महालक्ष्मीमा एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै २४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ११२ महिला र १३५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित पाँच जनाको मृत्यु भएको मन्त्रालयको भनाइ छ ।

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार