सोसल मिडिया
Contact Us
युनिकोड
संक्रमणबाट निको भई आज एक हजार ४१३ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४९ हजार २१३ कोरोनामुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.५ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट विगत २४ घण्टामा १२ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ४० जनाको निधन भएको छ । नेपालमा प्रति दश लाखमा ३७२.१ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।
यस्तै ३९० जना सघन उपचार कक्ष (आईसीयू), ११७ जना भेन्टिलेटर, २२ हजार ८६४ जना होम आइसोलेसन, एक हजार ४४९ जना संस्थागत आइसोलेसन र २४८ जना क्वारेन्टिनमा रहेका छन् ।
आज २१ हजार ६३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३ हजार ३१६ जनाले पहिलो मात्रा र ५५ लाख ७८ हजार ८६५ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।