ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

आइतबार, असोज ३, २०७८

काठमाडौं : आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर बलिङ गरिरहेकाे छ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ रोजेको हो । १३ ओभरको समाप्तिमा ओमनले ४२ रन मात्रै बनाएको छ । ४२ रन जोड्दा उसले ४ विकेटको क्षति व्यहोरी सकेको छ । बलिडमा नेपाली बलर चम्केका छन् ।  नेपाली टिममा ओमानविरुद्ध दुई खेलाडी परिवर्तन गरिएको छ । अमेरिकाविरुद्ध डेब्यु गरेका गुल्शन झा र अर्का खेलाडी कुशल मल्ललाई बाहिर राखिएको छ । उनीहरूको स्थानमा शरद भेषवाकर र आरिफ शेखले स्थान बनाएका छन् ।  नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो ।  पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।  नेपाली टोली  कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार