४८८ जनामा सङ्क्रमण पुष्टि

मंगलबार, पुस २८, २०७७

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ जना काठमाडौँ उपत्यकाका छन् । हालसम्म दुई लाख ६५ हजार २६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा ५२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ । यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९७.६ प्रतिशत पुगेको छ । चार हजार ३७३ जना सङ्क्रमित आइसोलेशनमा छन् । सोमबार १० जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश नं १ मा ३० हजार कोरोना सङक्रमित 
प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म ३० हजार पुगेको छ । प्रदेशमा  पछिल्लो २४ घण्टामा २७५ जनाको पिसिआर परीक्षण गरिएकामा  चार महिला र ११ पुरुष गरी १५ जना सङ्क्रमित थपिएसँगै  पोजिटिभको सङ्ख्या ३० हजार ११ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप हुनेहरूमा मोरङमा चारमध्ये विराटनगरमा दुई, झापामा चार, सुनसरीमा तीन, इलाममा दुई, धनकुटा र तेह्रथुममा एक÷एकजनामा सङ्क्रमण देखिएका छन् । प्रदेशमा सोही अवधिमा ८० जना सङ्क्रमित होम आइसोलेशन र विभिन्न कोभिड अस्पतालबाट निको भएका मन्त्रालयले जनाएको छ । हालसम्म निको हुनेको सङ्ख्यामा २९ हजार ३२७ पुगेको छ । प्रदेशमा अहिलेसम्म दुई लाख १२ हजार २५९ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार