कोरोना सङ्क्रमितको हुम्लाबाट हेलिकप्टरमार्फत उद्धार

मंगलबार, पुस २८, २०७७

सिमकोट । हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना सङ्क्रमितको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएको जिल्ला बाहिर हेलिकप्टरमार्फत उद्धार गरीएको जिल्ला अस्पताल हुम्लाका ल्याब असिस्टेण्ट बलिराज भण्डारीले जानकारी दिए । 
काठमाडौँमा रहेको स्टार अस्पतालबाट दुई जना डाक्टरको टोली हुम्ला पुगेर सङ्क्रमित पुरुषको उद्धार गरिएको हो । कोरोना सङ्क्रमितको स्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल हुम्लाले काठमाडाँै रेफर गर्नुका साथै हुम्लाबाट हेलिकप्टरमा काठमाडौँ लगिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यलय प्रमुख सरिता बोहराले जानकारी दिए । 
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिन सिटिजन्स बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोवार ठप्प भएको बैंकले जानकारी दिएको छ । अर्का कोरोना सङ्क्रमित महिलाको अवस्था सामान्य रहेकाले जिल्लामै स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार