सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४४२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ८२ हजार २४६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २५७ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ जना रहेको छ ।
प्रदेश १ मा थप २३ सङ्क्रमित पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २३ जना कोरोना सङ्क्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितमा मोरङमा १० मध्ये विराटनगरमा आठ, सुनसरीमा चार, झापामा दुई, भोजपुर, उदयपुर, सङ्खुवासभा, तेह्रथुम र इलाममा एक÷एक तथा प्रदेश बाहिरका दुई जना रहेको मन्त्रालयको भनाइ छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार ९९६ पुगेको छ भने अहिलेसम्ममा निको भएर घर फर्किनेको सङ्ख्या २९ हजार २४७ रहेको छ । अझै पनि प्रदेशमा सक्रिय सङ्क्रमित ७४९ जना छन् । अहिलेसम्ममा प्रदेशमा दुई लाख ११ हजार ९८४ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।