फिलिपिन्सविरुद्ध नेपालको अग्रता, विमलाले गरिन् गोल

शनिबार, असोज २, २०७८
काठमाडौं : एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध नेपालले अग्रता बनाएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको हो ।

नेपालको लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।

प्रीति राईले आक्रमण समाल्ने

एएफसी महिला एसियन कप- २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध खेल्ने नेपालको प्लेइङ सेट सार्वजनिक भएको छ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रीति राई, सविता राना मगर र विमला चौधरीलाई आक्रमणको भूमिका दिइएको हो । 

समूह एफको नेपाल र फिलिपिन्सबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेणुका नगरकोटीको कप्तानीमा फिलिपिन्सविरुद्ध खेल्ने सुरुवाती–११ को मिडलाइनमा रेणुकासहित, दीपा राई, मञ्जलीकुमारी योन्जन र सरु लिम्बूलाई जिम्मेवारी दिएका छन् ।

डिफेन्समा हीराकुमारी भुजेल, गीता राना, अमृता जैशी र पूजा राना छन् । गोलरक्षकमा एन्जिला तुम्बाप्पो सुब्बा छिन् ।

प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार