गुल्शन झाको राष्ट्रिय टिमबाट डेब्यु, टस हारेर नेपाल ब्याटिङ गर्दै

शुक्रबार, असोज १, २०७८

काठमाडौं :  आईसीसी विश्वकप क्रिकेट लिग-२  अन्तर्गत नेपालले आज (शुक्रबार) अमेरिकासँग खेल्दै छ । अल अमेरात क्रिकेट मैदानमा  अमेरिकाविरुद्ध नेपालले टस हारेर  ब्याटिङ गर्ने भएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले यस अघि अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग ५ विकेटले पराजित भएको थियो । खेल अपरान्ह ४:१५ देखि सुरु भएकाेहुनेछ  

अमेरिकाविरुद्ध युवा तीव्र गतिका बल गुल्शन झाले डेब्यु गर्दैछन् । उनलाई अर्का बलर सोमपाल कामीले डेब्यु क्याप लगाई दिए । गुल्शनको डेब्युसँगै बिक्रम सोब टिम बाहिर रहने छन् ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा ।

प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार