चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

शुक्रबार, असोज १, २०७८
काठमाडौं : चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो ।  सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार