अमेरिकामा कोभिड–१९ बाट एकै दिन चार हजारभन्दा बढीको मृत्यु  

सोमबार, पुस २७, २०७७

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको छ । कोभिडका कारणबाट अमेरिकामा एकै दिन कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ । यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ ।
उक्त दिनमात्र यो सङ्क्रमणका दुई लाख ७९ हजार ४०१ जना नयाँ सङ्क्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ । सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो ।
शुक्रबारको तथ्याङ्कअनुसार यहाँका करिब एक लाख ३२ जना नागरिक त कोभिडको सङ्क्रमणका कारण विरामी भएर अस्पतालमा नै छन् । 
नयाँ वर्ष शुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको छ । यसका कारण यहाँ पछिल्ला दिनमा यो सङ्क्रमणको त्रास थप बढेको पनि अधिकारीले जनाएका छन् ।
यो हप्ताभित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका सङ्क्रमित बढेका छन् र उनीहरुमध्ये केहीलाई कडा लक्षण देखिएका कारणले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । अमेरिकामा अहिलेसम्ममा यो सङ्क्रमणबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी यो सङ्क्रमणजन्य जटिलताका कारण यहाँका तीन लाख ६९ हजार जनाको ज्यान पनि गइसकेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार यहाँ शनिबारसम्मको तथ्यांकमा यो संख्या देखिएको छ । साथै पछिल्ला केही दिनमा यहाँ सङ्क्रमित हुने र मृत्यु हुने दर पनि बढेको देखिएको छ ।  गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरी नौ करोड १० लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यो सङ्क्रमणको कारण विश्वभरी १९ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ भने छ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, पुस २७, २०७७  ०३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार