कोभिड खोप लगाएका वेलायती महिलामा देखियो यस्तो समस्या

बिहीबार, भदौ ३१, २०७८

लन्डन । वेलायतमा कोभिडबिरुद्ध खोप लगाएका महिलामा मासिक धर्ममा समस्या देखिएको छ । हालै गरिएको एक सर्वेक्षणमा तीस हजार भन्दाबढी महिलाले खोप लगाएपछि आफ्नो पिरियड रोकिएको बताएका छन् । उनीहरुले महिनावारी अनियमितदेखि अस्वभाविक पीडा हुने गरेको गुनासो गरेका छन् । गुनासो गर्ने महिलाले फाइजर, अस्ट्राजेनेका र मोडेर्ना खोप लगाएका थिए । खोप लगाएका महिलाको उर्वरतासम्बन्धी समस्या भने नदेखिएको लन्डनस्थित इम्पेरियल कलेजकी डा. भिक्टोरिया मेलले बताइन् । ब्रिटीश मेडिकल जर्नलमा एउटा लेख लेख्दै यसबारे थप अनुसन्धान आवश्यक भएकोे उनले बताइन् । महिनावारीको समयमा खोपप्रति शरिरको प्रतिरोध क्षमतामा परिवर्तन आउँदा महिलामा यस्तो समस्या देखिएको डा. मेल बताउछिन् । औषधी तथा स्वास्थ्य उपचार उत्पादन नियामक निकाय एमएचआरएले कोभिड खोप र महिनावारीबीचको सम्बन्धबारे थप अध्ययन आवश्यक भएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार