सोसल मिडिया
Contact Us
युनिकोड
न्यूयोर्क । अमेरिकी अन्तरिक्ष निकाय (नासा)ले मंगल ग्रहमा खोजबिनका लागि नयाँ रोबट (रोभर) पर्सिभरेन्स पठाउँदैछ । त्यहाँ अहिले नै पनि क्युरिअसिटी नामको रोबटले काम गरिरहेको छ । सन् २०१२ मा उक्त ग्रहमा अवतरण गरेपछि उसले राम्रैसँग काम गरिरहेको छ । क्युरिअसिटीले आउँदो मंगलबार रातो ग्रह भनेर चिनिने मंगल ग्रहमा ३ हजार दिन पूरा गर्दैछ । मंगल ग्रहको एक दिन २४ घण्टा ३९ मिनेट लामो हुन्छ । उक्त मिशनले क्युरिअसिटी रोभरका मुख्य उपलब्धि झल्कने केही तस्बिरहरू संकलन गरेको छ । सन् २०१८ को जून महिनामा यी तस्बिरहरू प्राप्त गरेपछि मिशन दलले ठूलो राहत महसुस गरेको थियो । मंगल ग्रहमा धुलाम्मे अवस्था हुँदाको समय भए पनि रोभरले पुनः खन्ने काम सुरु गरेको थियो । सन् २०१६ पछि खनेर निकालिएको पहिलो ढुङ्गे नमूना ‘दुलुथ’ थियो । एउटा प्राविधिक समस्याले उक्त खन्ने कामको अवस्था थाहा हुन छाडेको थियो । सन् २०१८ को जून महिनायता नयाँ उपायको योजना बनाउँदै त्यसको निकै महत्वपूर्ण मानिने खन्ने काम पुनः लयमा फर्काइएको थियो । हरेक मंगल वर्षमा दुईपटक उक्त ग्रहका दुईवटा चन्द्रमा (फोबोस र डिमोस) सूर्यको अगाडिपट्टि देखिन्छन् । क्युरिअसिटीले ३५ सेकेन्डको उक्त ट्रान्जिट देखेको छ । मंगलको पातलो वायुमण्डलमा हुने थोरै पानीका बाफले खासगरी चिसो समयमा र पर्वतका वरपर बादल बनाउँछ । क्युरिअसिटीले त्यस्तो अवस्था पनि कैयौँ पटक देखेको छ । सन् २०१९ को अन्त्यतिर लिइएको यो लोभलाग्दो फराकिलो दृश्य मंगल सतहको सबैभन्दा उच्च गुणस्तरको (१.८ अर्ब पिक्सेल्स) पानारोमा हो । क्युरिअसिटीले पृथ्वी र सौर्यमण्डल परिवारका उसका छिमेकीको चित्र समेत खिचेको छ । सन् २०२० को गर्मीयाममा क्युरिअसिटीको टोलीले उक्त रोभरलाई सार्प पर्वतको नयाँ र उच्च क्षेत्रमा लैजानेछ जहाँ त्यसले सल्फेट खनिजहरू धेरै भएको चट्टानहरूमा काम गर्नेछ ।–बीबीसी