सोसल मिडिया
Contact Us
युनिकोड
सेढवा (ठोरी) । जोखिममा परेका बालबालिकाको सिकाइ सहज बनाउन गैर सरकारी संस्था दीप नेपालले ठोरी गाउँपालिका–४ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय, निर्मलबस्तीमा न्यानो पोसाक वितरण गरेको छ । उक्त विद्यालयका ३२ विद्यार्थीहरूलाई न्यानो पोषाक वितरण गरिएका विद्यालयका प्रधानाध्यापक गोपीलाल श्रेष्ठले जानकारी दिए । त्यस्तै सो संस्थाले बिहीवार ठोरी गाउँपालिका–३ मा रहेको नेपाल राष्ट्रिय विद्यालयमा सिकाइ सहजीकरणको उद्देश्यले १० जना अति विपन्न विद्यार्थीलाई विद्यालय संस्थाले पोसाक वितरण गरेको छ । पोसाक प्राप्त गरेपछि विद्यार्थीको नियमित विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा विद्यालयले लिएको छ ।
विगत चार वर्षदेखि दीप नेपालले बेचबिखनमा पर्न सक्ने तथा विभिन्न जोखिम अवस्थामा रहेका बालबालिकालाई लक्षित गर्दै निरन्तर सिकाइ–सहजीकरण कार्य गर्दै आएको छ । यसै क्रममा, संस्थाले बालबालिकाको विद्यालय जाने प्रेरणा बढाउन तथा उनीहरूको आवश्यकतालाई मध्यनजर गर्दै पोसाक वितरण गरेको हो । यस्तै, दीप नेपालले ठोरी गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षकहरूलाई लक्षित गर्दै एकदिने अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको छ। उक्त अभिमुखीकरणमा जोखिम न्यूनिकरण, सिकाइ पद्धति सुधार तथा बालमैत्री शिक्षा वातावरण निर्माणबारे विशेष प्रशिक्षण प्रदान गरिएको थियो । दीप नेपालका अध्यक्ष बिष्णु सापकोटाले आफ्नो नेतृत्वका संस्था आगामी दिनमा पनि समुदायमा प्रभाव पार्ने क्षेत्रमा निरन्तर काम गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।