ओमानलाई नेपालको मध्यम टार्गेट

मंगलबार, भदौ २९, २०७८
काठमाडौं :  आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले आयोजक ओमानलाई १९७ रनको टार्गेट प्रस्तुत गरेको छ ।  मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले  ४७ ओभर ४ बलमा अल आउट हुँदै १९६ रन बनाएको हो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाए । ११२ बलमा १ छक्का र ७ चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन् ।यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका खानले १ मेडनसहित ४७ रन खर्चिएका हुन् । यस्तै, नेष्टोर धम्बाले २  विकेट लिए । ५ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए भने मोहम्मद नदिम र जिशान माक्सुदले समान १ विकेट लिए । सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार