उज्वेकिस्तान प्रस्थान गर्ने महिला टोलीको विदाई

सोमबार, भदौ २८, २०७८
काठमाडौं :  एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको हो । उज्वेकिस्तान प्रस्थान गर्नेमा २२ खेलाडी छन् भने ११ अफिसियल रहेका छन् । मुटुमा समस्या देखिएकी डिफेण्डर पुनम जर्घा मगर भने टोलीमा छैनन् ।   उज्वेकिस्तान जाने नेपाली टोलीलाई प्रतिनिधिसभा सांसद तथा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पासँगै अन्य पदाधिकारीले बिदाई गरे ।  नेपाली टिम आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्ने कार्यक्रम छ । यसअघि नेपाल र बंगलादेशले एएफसी महिला एसिया कप २०२२ छनोटको तयारीका लागि मैत्रीपूर्ण  खेल खेलेका थिए । पहिलो खेल नेपालले २-१ गोल अन्तरले जितेको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । उज्वेकिस्तानमा हुने समूह एफको खेलमा नेपालले फिलिपिन्ससँग २ असोज र हङकङसँग ५ असोजमा खेल्नेछ ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार