आइतबार थपिए ९११ कोरोना संक्रमित, १३ को मृत्यु,

खोप लगाउने साढे १० हजार
आइतबार, भदौ २७, २०७८

काठमाडौं : सरकारले पछिल्लो २४ घन्टामा देशभर नौ सय ११ जनामा कोरोनााभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा आठ सय ३८ जनामा र तीन हजार एक सय ४० एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन् ।  पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार चार सय २३ रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १३ जनाले ज्यान गुमाएका छन् ।  यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार