ताप्लेजुङमा ३५ हजार नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

आइतबार, भदौ २७, २०७८

ताप्लेजुङ :  ताप्लेजुङमा ३५ हजार ३६५ जनाले कोभिड—१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । गत माघ १५ देखि शनिबारसम्म जिल्लामा उक्त संख्यामा नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लागएका हुन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार १४ हजार १८२ जनाले कोभिशिल्डको पूर्ण मात्रा लगाएका छन् । यस्तै भेरोसेल ९ हजार ६२५ जना र अन्यले जोन्सन गरी ३५ हजार ३६५ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएका हुन् । कोभिशिल्डको पहिलो डोज लगाएकाहरूलाई लगाउन मिल्ने एक्सट्राजेनेका खोपको दोस्रो मात्रा ७ हजार ९ सय २८ जनाले लगाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अझै पनि कोभिशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउनबाट छुटेकाकाको संख्या सबैभन्दा बढी रहेको छ । तथ्यांक अनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा स्वरुप एक्सट्राजेनेका खोप नलगाएकाको संख्या ४ हजार १ सय ४ जना रहेको छ । भेरोसेलको दोस्रो डोज लगाउन बाँकी रहेकाको संख्या १ हजार ६६ रहेको छ । ५ सय ७३ जनाले एक्सट्राजेनेकाको पहिलो खोप लगाएका छन् । तर, दोस्रो डोज लगाएका छैनन् ।
 २ हजार ९ सय ९० जनालाई पुग्नेगरी एक्सट्राजेनेका र १ हजार ८८ जनालाई पुग्नेगरी भेरोसेल खोप मौज्दात रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । मौज्दात रहेको खोप भदौ २७ र २८ गते फक्ताङ्लुङ र फुङलिङ नगरपालिका क्षेत्रमा नागरिकलाई लक्षित गरेर लगाइने स्वास्थ्य संयोजक दिनेश रायले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार