थप ५५४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

शुक्रबार, पुस २४, २०७७

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५५४  जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९  जनाको स्वास्थ्य परीक्षण गर्दा १८८ महिला र ३६६  पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ । 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार १५९  पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५८५ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५७ हजार २२९  पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 
अहिले देशभर पाँच हजार २१ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ३३८ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य  आइसोलेसनमा रहेका छन् । हालसम्म  १९ लाख ७४ हजार ५६१  को पिसिआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०७  जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ जसमा ९० महिला र ११७ पुरुष छन् ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०९   पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  २२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार