देशभर ११४६ संक्रमित थपिए, २१ जनाको निधन

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  देशभर पछिल्लो २४ घण्टामा एक हजार १४६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनामा परीक्षण गर्दा एक हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित संख्या २७ हजार ९५८ जना रहेको छ । मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला १५ छन् । नेपालमा सक्रिय संक्रमण दर १९.३ प्रतिशत रहेको छ । यस्तै आज एक हजार ६६० जनाले कोरोना जितेका छन् । हालसम्म कूल सात लाख ३६ हजार ६६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको छ ।  कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाले ज्यान गुमाएका छन् । हालसम्म कूल १० हजार ९२४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।  हाल देशभर ४५८ जना सघन उपचार कक्ष (आइसियु), १४५ जना भेन्टिलेटर, २६ हजार २९६  जना होम आइसोलेसन, एक हजार ६६२ जना संस्थागत आइसोलेसन र २५२ जना क्वारेन्टाइनमा रहेका छन् । आज २९ हजार २८९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यस्तै ५७ लाख ४० हजार ३४५ जनाले पहिलो मात्रा र ५१ लाख २० हजार ८७७ जनाले पूर्णमात्राको खोप लगाएका छन् । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार