९० प्रतिशतलाई सुरक्षा दिने कोरोना भाइरसविरूद्धको खोप तयार

भाइरस संक्रमतिलाई खुसीको खबर 
सोमबार, कात्तिक २४, २०७७

काठमाडौं । कोरोनाभाइरस संक्रमितलाई खुसी दिने गरी भर्खरै नयाँ खोपको विकास भएको सार्वजनिक गरिएको छ । कोरोनाभाइरसविरूद्धको पहिलो प्रभावकारी खोपले खोप लगाएका मध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । कोरोना भाइरस अर्थात् कोभिड–१९ विरुद्धको खोपमा नयाँ सफलता हात लागेको खोप उत्पादनकर्ताले दाबी गरेका छन् । उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले ले यस्तो नतिजा प्राप्त भएपछी ‘विज्ञान र मानवताका लागि एक महान दिन’ भएको बताएका छन् ।
तिनीहरूले तयार पारेका खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परिक्षण गरिएको थियो । त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन् ।
ति कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमित आपतकालिन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन् ।
अगाडि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन्, तर यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन् ।
केहीले यो खबर सुनेपछी आफू मुस्काएको बताएका छन् भने केहीले आगामी वसन्त ऋतुसम्ममा विश्वको जनजीवन सामान्य भैसक्ने आशा व्यक्त गरेका छन् ।
फाइजर र बायोएनटेक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो । खोप परीक्षणमा कुनै गम्भीर साइड इफेक्ट देखिएको छैन । कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने जनाएको छ । 
फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्ती यो महत्वपूर्ण दिन भएको बताए । उनले भने, ‘कोभिड–१९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिडविरुद्ध रोेक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ ।’
हालसम्म दर्जनौं कोेभिडविरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् । तीमध्ये फाइजरले विकास गरेको यो खोपले राम्रो सम्भावना र नतिजा देखाएको छ । यो खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई इन्जेक्सनमार्फत् प्रवेश गराइन्छ । यो खोप तीन सातामा दुई पटक लिनु पर्ने खोप उत्पादक कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म अमेरिका, ब्राजील, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका तथा टर्कीमा गरिएको परीक्षणमा सात भित्र भित्र ९० प्रतिशत संक्रमितमा प्रतिरक्षात्मक प्रणाली विकास हुन सम्भव भएको देखिएको छ । खोप उत्पादन कम्पनी फाइजरले यो वर्षको अन्त्यसम्ममा यो खोपको पाँच करोड डोज उत्पादन गर्ने जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा १.३ अर्ब डोज तयार पार्न सक्नेछ । यो खोप व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ । यो खोप ८० डिग्री सेल्सियस भन्दा कम तापमानमा राख्नुपर्नेछ । अहिले पनि खोप लगाएपछि कोरोना भाइरस संक्रमितको शरीरले कति समयसम्म एन्टीबडी उत्पादन गर्न सक्छ भन्ने कुरा एकिन भएको छैन । कुन उमेर समूहका संक्रमितलाई कस्तो प्रभाव–असर देखाउँछ भन्ने कुरामा पनि खोप उत्पादन कम्पनी फाइजरले केही उल्लेख गरेको छैन । 
फाइजरका अध्यक्ष डा.एल्बर्ट बोलाले भने, ‘हामी विश्वभर बसोबास गर्ने मानिसहरुलाई विश्वव्यापी महामारीको रुप लिएको कोरोनाभाइरसको संक्रमणबाट बाहिर ल्याउन धेरै नजिक पुगेका छां ।’ फाइजर कम्पनी यसै महिनाको तेस्रो सातासम्म खोपलाई नियमाक निकायमा लैजान सक्ने अवस्थामा पुग्नेछ । बेलायतले तीन करोड डोज खोपको अर्डर दिइसकेको छ । बीबीसी

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार