थपिए ४१२ जनामा कोरोना संक्रमित

४८३ जना संक्रमणमुक्त
शुक्रबार, पुस २४, २०७७

काठमाडौं । मुलुकभर ४१२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा बिहीबार देशभर ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १८२ महिला र २३० पुरुष छन् । २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ४८३ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ रहेको छ । यस्तै काठमाडौं उपत्यकामा थप २५१ जना कोरोना संक्रमित भएका छन् । संक्रमित हुनेमा १११ महिला र १४० जना पुरुष रहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०४:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार