युरो च्याम्पियनमा इटालीको अर्को कीर्तिमान

बिहीबार, भदौ २४, २०७८

काठमाडौं :  युरोपियन च्याम्पियनमा इटाली ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्र बनेकाे छ । बुधबार रातिको खेलमा लिथुआनियालाई ५-० गोल अन्तरले पराजित गर्दै इटालीले ३७ खेलको अपराजित यात्रा मात्र कायम राखेन, कीर्तिमान नै बनाएकाे छ । रोबर्टो मान्चिनिले एभर्टनबाट खेल्दै आएका  मोइसे केअनलाई डेब्यू गराउदा २ गोल गरे । युभेन्ट्सबाट केअन लोनमा आएका हुन् ।  केअनले २ गोल गर्दा जिओभानी डे लोरेन्जो, गिआकोमो रास्पाडोरिले १/१ गोल गरे भने लिथुआनियाका एडगारस उत्कुसेले आत्माघाती गोल गरे ।  यसअघि इटालीले ब्राजिलको नाममा रहेको ३६ खेलको अपराजित यात्रा बराबर गरेको थियो । समूह 'सि'को अर्को खेलमा स्विजरल्याण्ड र आयरल्यान्डले गोलरक्षक बराबर खेल्दै अंक बाँडे ।  जितसँगै इटालीले समूह 'सि'बाट ६ अंकको अग्रता बनाएको छ । उसको ६ खेलबाट १४ अंक रहेको छ । ४ खेलबाट ८ अंक जोडेको स्विजरल्याण्ड दोस्रो स्थानमा छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार