१,६४० कोरोना सङ्क्रमित थपिए, १० को मृत्यु

बुधबार, भदौ २३, २०७८

काठमाडौँ । देशभर आज एक  हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित २९ हजार ४७९ छन् । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १७ छन् । आज दुई हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् ।  सो अवधिमा १० जनाको मृत्यु भएको छ । यस अवधिसम्म १० हजार ८८९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार