चितवन टाइगर्सका ट्यालेन्ट हन्ट खेलाडी सार्वजनिक

बुधबार, भदौ २३, २०७८

भरतपुर । एभरेष्ट प्रिमियिर लिग (इपीएल)को फ्रेन्चाइज टोली चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई सार्वजनिक गरेको छ । ट्यालेन्ट हन्टबाट कृजन गुरुङ, सङ्घर्ष पौडेल, राजेश ढकाल, आकाश थापा र गौतम केसी छनोट भएका छन् ।  ट्यालेन्ट हन्टबाट छानिएका गौतमलाई यसअघि नै चितवनले रु ५० हजारमा अनुबन्ध गरिसकेको छ । बाँकी चार खेलाडीबाट अन्तिममा एक खेलाडीलाई चितवनले अन्तिम टिममा समावेश गर्नेछ । छनोट भएका खेलाडीलाई चितवन टाइगर्सका प्रमुख किशोर भट्टराईले टाइगर्सको क्याप प्रदान गर्दै स्वागत गरेका थिए । सो क्रममा भट्टराईले युवा खेलाडीलाई टिमले प्राथमिकतामा राखेको भन्दै युवा खेलाडीलाई सिक्ने अवसर मिलेको बताए ।  उनले इपीएल सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता भएकाले युवा खेलाडीलाई विदेशी खेलाडीबाट सिक्ने मौका मिल्ने बताए ।  ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० गते देखि सहभागी भएका थिए । उनीहरूमध्ये एक जनालाई आगामी असोज २ गते अन्तिम टोलीमा घोषणा गरिने छ । कार्यक्रममा चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधान, लायन्स डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्ट, चितवन टाइगर्सका प्रमुख भट्टराईलगायतले मन्तव्य व्यक्त गरेमन थिए । चौथो संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट आगामी असोज ९ गतेदेखि काठमाडौँस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार