सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नारासहित प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता, २०७७ बुधबारदेखि शुरु भएको छ । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालय जङ्गी अड्डामा शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । उद्घाटनको दिन आज पुरुष र महिलातर्फ १०० मिटर तथा आठ सय मिटरतर्फका खेल सम्पन्न भएका छन् । पुरुष १०० मिटर दौडमा मध्यपश्चिम पृतनाका प्यूठ धर्मेन्द्र सिंह पहिलो भए । उनले सो दौड १० दशमलव ७८ सेकेन्डमा पूरा गरे । सो स्पर्धामा मध्य पृतनाका सिपाही दिपक विश्वकर्मा दोस्रो तथा १४ नम्बर बाहिनी अड्डाका सिपाही दिवश विष्ट तेस्रो भए । विश्वकर्माले सो दौड १० दशमलव ८२ सेकेण्ड तथा विष्टले १० दशमलव ८२ सेकेण्डमा पूरा गरे । यस्तै महिला १०० मिटर दौडतर्फ १६ नम्बर बाहिनी अड्डाकी गनर करुणा लामिछाने पहिलो भए । उनले सो दौड १३ दशमलव ४३ सेकेन्डमा पूरा गरिन् । सो स्पर्धामा पूर्वी पृतनाकी सिपाही मनिषा विक दोस्रो तथा मध्य पृतनाकी सिपाही विपना थारु तेस्रो भइन् । विकले उक्त दौड १३ दशमलव ५९ सेकेण्ड तथा थारुले १३ दशमलव ६७ सेकेण्डमा पूरा गरिन् । यसैगरी पुरुष आठ सय मिटर दौडमा उपत्यका पृतनाका सिपाही सुदीप शाह पहिलो भए । उनले सो दौड दुई मिनेट शून्य दशमलव ३३ सेकेण्डमा पूरा गरे । उक्त स्पर्धामा सुदूरपश्चिम पृतनाका सिपाही सुनिल सुनार दोस्रो तथा मध्य पृतनाका सिपाही बुद्धराम तामाङ तेस्रो भए । सुनारले सो दौड दुई मिनेट शून्य दशमलव ६२ सेकेण्ड तथा तामाङले दुई मिनेट एक दशमलव १४ सेकेण्डमा पूरा गरे । यस्तै महिला आठ सय मिटर दौडमा १६ नम्बर बाहिनी अड्डाकी गनर राधिका श्रेष्ठ पहिलो भइन् । उनले सो दौड दुई मिनेट २८ दशमलव १९ सकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा मध्य पश्चिम पृतनाकी सिपाही निर्मला केसी दोस्रो तथा उपत्यका पृतनाकी सिपाही गीता विक तेस्रो भइन् । उक्त दौड केसीले दुई मिनेट २८ दशमलव ७९ सेकेण्डमा तथा विकले दुई मिनेट २८ दशमलव ९८ सेकेण्डमा पूरा गरिन् । सो अवसरमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको आर्चरीतर्फ रोशन नगरकोटी उत्कृष्ट घोषित भए । उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेपाली सेनाका उपरथी निरञ्जनकुमार श्रेष्ठले कोरोना महामारीका कारण गत भदौमा सञ्चालन हुनुपर्ने प्रतियोगिता ढिला भएको जानकारी दिए । आगामी माघ २ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा ८ पृतना, ५ मद्दती बाहिनी, एक विशेष फौज बाहिनी तथा यान्त्रिक निर्देशनालय गरी कूल १५ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, सुटिङ, बास्केटबल र फुटबल खेलमा महिला र पुरुष खेलाडीले आ आफ्ना खेलमा प्रतिस्पर्धा गर्नेछन् । सबै खेल सेनाको छाउनी, भद्रकाली र लगनखेल मैदानमा सञ्चालन हुनेछन् । सेनाले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी खेलकूद प्रतियोगिता आयोजना गर्दै आएको छ । सेनाका खेलाडीले राष्ट्रिय र अन्तर्राष्टिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको जानकारी दिँदै उपरथी श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लबले हालै एशियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गर्न सफल भएको उल्लेख गरे । उक्त लाइसेन्स प्राप्त गर्ने त्रिभुवन आर्मी नेपालको एउटा मात्र क्लब हो ।
आहा रारा गोल्डकपबाट १८ लाख ९७ हजार रुपैयाँ बचत
सहारा क्लब पोखराको आयोजनामा गत वर्ष सम्पन्न १८औँ संस्करणको राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट १८ लाख ९७ हजार ६५७ रुपैयाँ बचत भएको छ । गत वर्ष फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रङ्गालामा सञ्चालन भएको प्रतियोगिताबाट ८८ लाख १० हजार ३६६ रुपैयाँ आम्दानी भएकामा प्रतियोगिता सम्पन्न गर्न ६९ लाख १२ हजार ७०९ रुपैयाँ खर्च भएर सो रकम बचत भएको क्लबले जनाएकोे छ । प्रतियोगिताबाट बचत रकम पोखरा महानगरपालिका–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित फुटबल एकेडेमीका बालकको आवास तथा शिक्षादिक्षामा खर्च गरिने क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । सहाराले एक दशक भन्दाअघिदेखि एकेडेमी सञ्चालन गरेर देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्दै आएको छ । प्रतियोगिताको प्रवेश टिकटबाट २८ लाख सात हजार ४७० रुपैयाँ, व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७७२ रुपैयाँ, सिजनल टिकटबाट ३६ हजार रुपैयाँ, बैंक व्याज आम्दानीबाट ४२ हजार १४५ रुपैयाँ आम्दानी भएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सबाट १२ लाख ५१ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट १० लाख, राष्ट्रिय खेलकूद परिषद्लगायतबाट सहयोग प्राप्त भएको क्लबले जनाएको छ । प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्चबापत २५ लाख सात हजार १६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता सञ्चालन तथा व्यव्स्थापनमा ६ लाख ८२ हजार ७५० लगायतका शीर्षकमा खर्च भएकोे क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिए ।