भारतमा देखा प¥यो बर्ड फ्लू  

हजारौँ पन्छी मारिँदै
बुधबार, पुस २२, २०७७

नयाँदिल्ली । भारतका विभिन्न ठाउँमा हाँस र कागमा एभिअन फ्लूको संक्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ । विभिन्न राज्यहरूमा धेरै संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लू भएको थाहा पाएका थिए ।
भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ ।

‘उच्च सतर्कता’
संघीय सरकारले ‘उच्च सतर्कता’ जारी गर्दै फ्लू फैलिन नदिनका लागि’ आपत्कालीन उपायहरू’ अपनाउन भनेको छ । मानिसहरूलाई मरेका वा बिरामी देखिएका चराहरू नछुन भनिएको छ । कोरोनाभाइरस महामारीबाट जुझ्नका लागि भारतले आउँदा महिनाहरूमा दशौँ लाखमा खोप लगाउने काम थालिरहँदा त्यहाँ उक्त संकट देखा परेको हो । केही जिल्लाहरूमा पन्छी बिक्री गर्ने पसलहरू समेत बन्द गरिएका छन् भने अन्डा बिक्रीमा समेत रोक लगाइएको छ ।

कहाँ कस्तो प्रभाव ?
उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङगोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २ हजार ४०० चराहरू खोया हाँसहरू मरेको पाइएको छ । त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ । मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवाहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन् । त्यहाँको इन्दोर सहरमा ५० वटा मरेका कागहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरू छन् किन भनेर जाँच गरेका थिए । हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्ड फ्लू नै भएर–भएको पुष्टि भएको छैन । उसका छिमेकी राज्य गुजरात र राजस्थानलाई समेत उच्च निगरानीमा राखिएको छ ।–एजेन्सी
 

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  २३:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार