पिएनजीको छैठौं विकेट पतन

मंगलबार, भदौ २२, २०७८

काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले छैठौं  विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौं विकेट लिएका हुन् । कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए । यससंगै नेपालका लागि डेब्यू गरेका तीव्र गतिका बलर विक्रम सोब, सन्दीप लामिछाने र कुशल मल्लले समान २–२ विकेट लिएका छन् । यसअघि पहिलो बलमै विक्रमले पिएनजीका सुरुवाती ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराए । दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । नेपालको लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले ११ ओभर ५ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको शातबाट आउट गराएका हुन् । चौथो विकेट कुशलको नाममा रह्यो । कुशलले १२ ओभर ५ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । सन्दीप लामिछानेले १९ ओभरको पहिलो बलमा ब्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं विकेट लिए । सन्दीपले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन् । यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो । २२ ओभर ५ बलमा कुशलले विकेट लिँदासम्म पिएनजीले ६ विकेट गुमाएर ९६ रन बनाएको छ । पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, बिनोद भण्डारी, करण केसीलाई आराम दिएको छ । दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेलेको हो । नेपालले त्रिदेशीय शृंखलामा २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र  २  असोजमा ओमानसँग खेल्नेछ । न्युज कारखाना

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार