पिएनजीविरुद्ध नेपाल : सन्दीपले दिलाए तेस्रो विकेट

मंगलबार, भदौ २२, २०७८

काठमाडौं :  पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले तेस्रो विकेट लिएको छ ।  ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् । सन्दीपले २३ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शेखको हातबाट आउट गराएका हुन् ।  यसअघि डेब्यु गरिरहेका तीव्र गतिका बलर बिक्रम सोबले लगातार दुई विकेट लिए । पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराए । दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।  यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो । १२ ओभरको समाप्तिमा पिएनजीले ३ विकेट गुमाएर ५९ रन बनाएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार