सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेपालविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको पपुवा न्युगिनी (पिएनजी) ले ५० रन पूरा गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा १० ओभर खेल्दै पिएनजीले दुई विकेट गुमाएर ५० रन बनाएको हो । १० ओभर १ बलमा पिएनजीले ५० रन बनाएको हो । नेपालका डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले पिएनजीको दुई विकेट लिएका छन् । विक्रमले टोनी उरालाई पहिलो विकेटको रुपमा एक रनमा आउट गरे । उनले ३ बल मात्रै खेल्न भ्याए । यस्तै विक्रमले पिएनजीका कप्तान असद भालालाई ४ रनमा आउट गराए । विक्रमले १२ बल खेलेका भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराएका हुन् । नेपालको लागि सुरुवाती दुबै विकेट डेब्यु खेलाडी विक्रमले लिएका हुन् । यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराएका हुन् । विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो ।
डेब्यू खेलमै विक्रमले लिए दोस्रो विकेट
पपुवा न्युगिनी (पिएनजी) विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्यू गरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार दुई विकेट लिएका छन् । नेपालको लागि सुरुवाती दुवै विकेट डेब्यू खेलाडी विक्रमले लिएका हुन् । विक्रमले दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा लिए । दोस्रो विकेट लिने क्रममा विक्रमले पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए । यसअघि पहिलो बलमै विक्रमले पिएनजीका ओपर ब्याटस्म्यान टोनी उरालाई आउट गराए । नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । चोथो ओभर समाप्त हुँदा पिएनजीले २ विकेट गुमाएर ९ रन जोडेको छ । पिएनजीविरुद्ध ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले सिनियर टोलीका लागि डेब्यू गरेका छन् । नेपाली टोलीमा दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसीलाई आराम दिएको छ । दुई खेलको शृंखलामा दोस्रो खेल शुक्रबार हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेलेको हो । नेपालले त्रिदेशीय शृंखला २८ भदौमा अमेरिका, २९ भदौमा ओमान, १ असोजमा अमेरिका र २ असोजमा ओमानसँग खेल्नेछ ।
नेपालको टोली :
ज्ञानेन्द्र मल्ल(कप्तान) कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।- न्युज कारखाना