एक हजार ८९ मा सङ्क्रमण, २० जनाको निधन

आइतबार, भदौ २०, २०७८

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण एक हजार ८९ जना व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा सात हजार ९७१ जनामा परीक्षण गर्दा उक्त संख्यामासङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार २४८ रहेका छन् । एक हजार ५३४ जनासङ्क्रमणमुक्त भई घर फर्किएका छन् । अहिलेसम्म सात लाख २७ हजार १८५ व्यक्ति सङ्क्रमणमुक्त भई घर फर्किएका हुन् । निको हुने दर ९४।५ प्रतिशत पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप २० जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म १० हजार ८३८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । त्यस्तै ५२३ जना सघन उपचार कक्षमा,  १६२ भेन्टिलेटर, २९ हजार ८१ होमआइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २६६ जना क्वारेन्टिनमा रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार